
०९ असोज , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
चुहावट नियन्त्रको लागी खटिएको विद्युत प्राधिकरणको रौतहट शाखाको कर्मचारी र सुरक्षाकर्मीको टोलिले रौतहटको विभिन्न स्थानबाट हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा १५ जना पक्राउ परेका छन ।
रौतहटको लैकाहा, भेडियाही, नरकटिया, औरैया, राजपुर, बसन्तपट्टी, डुमरीया र पुरेनवा लगायतका स्थानबाट १५ जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरण गौर शाखाका प्रमुख ईन्जीनियर विजय महतोले बताए । पक्राउ परेकाहरुलाई विद्युत चोरीको खपत प्रकृति हेरेर सोही यूनिट अनुसार थप गरेर जरीवाना गर्ने गरिएको कार्यालयले जनाएको छ ।
रौतहटमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरि जरिवाना असुल गर्ने काम प्राधिकरणले गरिरहेको उनले बताए । पछिल्लो समय प्राधिकरणको सक्रियताका कारण रौतहटमा चुहावट नियन्त्रण प्रभावकारी हुदै गएको छ ।
कुनै समय चुहावटमा अग्रपंक्तिमा रहेर आलोचना खेपिरहेको प्राधिकरणको गौर शाखाले राजश्व तथा चुहावट नियन्त्रणमा ध्यान केन्द्रीत गरेको छ ।