
११ भदौ ,गौर । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको सदरमुकाम गौरका युवाहरुको सक्रियतामा हाम्रो गौर हरियो गौर मुल नाराका साथ गौर स्थित बरहवा तालका किनारामा विरुवा रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिका वडा नं. ५ र वडा नं. ८ पुरेनवा स्थित रहेका बरहवा तालको किनारामा लगभग ३ किलो मिटर जतिमा विभिन्न किसिमका २०० भन्दा बढी बिरुवा रोपी भव्यताका साथ वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सयौका संख्यामा उपस्थित भएका युवा , पत्राकार तथा बालबालिकाहरु हर्सोउल्लासका साथ विरुवा रोपी वृक्षरोपण कार्यक्रम मनाएका छन । कार्यक्रम गौर निवासी युवा समाजसेवी बिक्रम यादव, युवा नेता ललन यादव , युवा पत्राकार आर एन साह र आइ. बि. ए. बिधालयका संचालक तथा प्रधानाध्यापक सन्तोष पौडेलको विशेष सक्रियता तथा पहलमा आयोजना भएको छ ।
आज रोपेका विरुवाहरुलाइ संरक्षणका लागि भोलि बाँसको जाली लगाउने र हामी सधैँ निगरानी तथा संरक्षण गर्ने आयोजक बिक्रम यादवले बताएका छन । गौर लगायत जिल्लाका सम्पदालाई बचाउने हामी युवाको दायित्व रहेको तथा वातावरण समेत हराभरा राख्न हामी प्रयत्न गरिरहने भन्दै अबदेखि हरेक शनिवार हाम्रो युवा समूहले गौरमा बिशेश कार्यक्रमको आयोजना गर्ने युवा समाजसेवी यादवले जानकारी गराएका छन । कार्यक्रममा उपस्थित हुने सम्पूर्ण पत्राकार, युवाहरु लयायत बालबालिकामा समाजसेवी तथा युवा नेता ललन यादव आभार व्यक्त गरेका छन ।