१३ बैशाख २०८१, बिहीबार

वीरगञ्जबाट भन्सार छलिका सामाग्रीसहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

१३ साउन, वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट सशस्त्र प्रहरीले भन्सार छलिका सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको हो ।

ना।६ ख। ९९०५ नम्बरको ट्रकबाट बिलबिजकभन्दा फरक भएका इलेक्ट्रोनिक्स सामान, औषधी सहितका अन्य सामाग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
३० लाख रुपैयाँ बराबरको ट्रक र ६० लाख ७५ हजार ४ सय १६ रुपैयाँ बराबरको सामाग्रीसहित ९० लाख ७५ हजार ४ सय १६ रुपैयाँ मूल्यांकन गरीएको छ ।

बरामद सामाग्रीसहितको ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *