१६ चैत्र २०८०, शुक्रबार

भारतको १५औँ राष्ट्रपतिमा पहिलो आदिवासी महिला द्रौपदी मुर्मू

भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

मुर्मूले २ हजार ८ सय २४ र सिंहले १ हजार ८ सय ७७ मत पाउनुभयो ।

जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ । उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बन्नुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँको जन्म सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा भएको थियो । उहाँ झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

उहाँले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गर्नुभएको थियाे । पारिवारिक जीवनमा निकै सङ्कट भोग्नुभएकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाउनुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *