१२ बैशाख २०८१, बुधबार

मधेशको राजधानीमा अचेत अवस्थामा फेला परेको पुरुषको मृत्यू

३ साउन, जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा अचेत अवस्थामा फेला परेका एकजना पुरुषको मृत्यु भएको छ । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजार चोकमा अचेत अवस्थामा फेला परेका अन्दाजी ४६ बर्षीय पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

सोमबार साँझ ती व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अचेत अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए ।

मृतकको आफन्त वा कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *