१५ चैत्र २०८०, बिहीबार

कैलालीको धनगढी उपमहानगरपालिकाका ११ वर्षीय बालकको शव खोलामा फेला

१७ असार, धनगढी । कैलालीको धनगढी उप(महानगरपालिका )१९ मा बस्‍ने दिपक विककव ११ वर्षीय निलिख विकको शव शुक्रबार बिहान गौकन्द्री खोलामा किनारमा भेटिएको हो ।
परिवारका अनुसार बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बालक सोही खोलाले बगाएर बेपत्ता भएका थिए ।

खोलाले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभर नदीको विभिन्न भागमा खोजतलास गरे पनि उनी फेला परेका थिएनन् ।
तर, शुक्रबार बिहान उनी बेपत्ता भएकै स्थानमा खोला किनारमा भेटिएका हुन् ।

बालकको शवलाई मोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *