१६ चैत्र २०८०, शुक्रबार

माधवनारायण स्थित माधोपुरमा आधा घण्टा पानी पर्दा प्राय सबैको घर डुवानमा, जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेन

१७ असार, रौतहट । मधेश प्रदेशमा एक आपसमा झै झगडा पनि मौषम अनुसार नै हुने गर्छन । मधेशका जनताहरुको अदालत धाउने परम्परा आज देखि न भएर वर्षौ देखिको छ । स–साना झै झगडालाई लिएर लाखौँ पैसा अदालतमा दौडेर खर्च गर्न कहिल्यै पछि पर्दैन । तर सबै भन्दा ठूलो बिडम्बना यो हो , त्यहाँका स्थानीय नेता तथा जनप्रतिनिधि नै शान्त गर्नुको सटा उक्साउने काम गरेर आफ्नो निजि स्वार्थ पुरा गर्ने गर्छन । चुनावको बेला ठूल–ठूला गफ लगाउने ती नेता तथा जनप्रतिनिधिहरु आफ्नो गाउँघरको सानो समस्या पुरा गर्न सकेको हुदैँन ।
रौतहट देखि मधेश प्रदेशका अन्य जिल्लाहरुमा पानी निकासाको विवाद वर्षेनी बैशाख देखि भदौँ सम्म हुने गर्छन । त्यसता विवादहरु ठूलो झगडामा परिणत भई घटना दुर्घटना पनि हुने गरेको समाचार बारम्बार आउँदा पनि यो समस्या तिर कसैको ध्यान पुगेको छैन ।


रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ६ माधोपुरमा वर्षायामको बेला पानीको निकासा नभएर आधा घण्टा जति पानी पर्दा प्राय सबैको घर डुबानमा पर्ने गर्छ । बारम्बार त्यहाँ स्थानीयहरु यो समस्यालाई लिएर एकआपसमा लडने , झै–झगडा गर्ने गर्छन । तर पूर्व मेयर देखि नवनिर्वाति जनप्रतिनिधिको यो समस्या तिर ध्यानाकर्षण भएको छैन । आर्थिक वर्ष २०७९÷०८० को विनियोजित बजेटमा यो समस्याका लागि बजेट छुटयाउन सकेन । माधोपुर वासीको घर डुवानमा पर्दा कुनै पनि जनप्रतिनिधिको ध्यान नपुगेको भन्दै स्थानीयहरु गुनासो पोखेका छन । आवश्यकता नरहेको कामका विभिन्न शिर्षकमा बजेट छुट्याइएको तर वर्षौ देखि माधोपुर वासीको घर डुवानमा पर्दा यस प्रति नवनिर्वाचित जनप्रतिनिधिको समेत चासो नहुँदा जुन जोगी आए नी कानै चिरेको उखान प्रष्ट भएको देखिन्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *