
१५ असार, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति वीरगञ्ज इनर्वा नाका हुँदै भारतमा प्रवेश गरेका २६ वर्षीय नाइजेरियाली नागरिक चियाबुटु कोरनेलुवसलाई शंकास्पद अवस्थामा अध्यागमन अधिकारीले पक्राउ गरेको हो । अध्यागमनका डीएसपी अजयकुमार पंकजले नाईजेरियाली नागरिकलाई पक्राउ गरेको बुधवार पुष्ठि गरेका छन् । पक्राउ परेका नाइजेरियन नागरिक भिसा पासपोर्ट लिएर नेपालबाट पैदल हिड्दै भारतीय सीमामा प्रवेश गर्ने क्रममा पक्राउ गरिएको डिएसपी पंकजले बताए ।
विदेशी नागरिकलाई देखेपछि अध्यागमनका कर्मचारीले सीमामा रोकेर अनुसन्धान गरेका थिए । अनुसन्धानको क्रममा उनीबाट म्याद सकिएको पासपोर्ट बाहेक कुनै आधिकारीक परिचय पत्र फेला नपरेपछि पक्राउ गरिएको हो । डिएसपी पंकजका अनुसार उनीसँग भारत प्रवेश गर्न भिसासहित अन्य आधिकारीक कागजात थिएन ।