
१५ असार, विरगंज । यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीले वीरगञ्जबाट १८ जना महिला पुरुषलाई पक्राउ गरेको छ ।
वीरगञ्जको बसपार्कस्थित होटल मायालु, होटल समर र होटल रोयलबाट ३ महिला र ४ जना पुरुष गरी ७ जनालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको छ ।
त्यस्तै वीरगञ्जको ४० फिटा सडकस्थित विभिन्न टहरा एवम् खाजा घरहरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रह्लाद कार्कीले जानकारी दिए ।डिएसपी कार्कीका अनुुसार यौन गतिविधिका कारण आजित भएको स्थानीयको गुनासो आएपछि गस्ति गरिएको हो । वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको गस्ति टोलीले आशंकको आधारमा पक्राउ गरेकाहरुलाई सम्झाई बुझाई गरेर छाडिने डिएसपी कार्कीले बताए ।