१४ चैत्र २०७९, मंगलवार

रौतहटमा बाढीको सम्भावित जोखिम बिच विपद व्यवस्थापन समितिको कृत्रिम अभ्यास शुरु

249

१५ असार, रौतहट । मंगलबार रातिदेखि देशभरका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ ।हाल देशभर सामान्यदेखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रौतहटमा पनि हिजो देखि लगातार वर्षा भइरहेकोले बाढीको सम्भावित जोखिम बिच विपद व्यवस्थापन समितिको कृत्रिम अभ्यास शुरु भएको छ ्र


गौरको बडहरवा तालमा नगरप्रमुख शम्भु साह, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, प्रहरी उपरीक्षक विनोद घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रिय अनुसन्धानका उपरीक्षक मुकुन्द खडका, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा लगायतको उपस्थितिमा सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु द्वारा अभ्यास शुरु गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0