१२ बैशाख २०८१, बुधबार

जिल्ला समन्वय समिति सप्तरीमा कांग्रेसका प्यानल उम्मेदवार विजयी

१२ असार, सप्तरी । आइतबार सप्तरीमा सम्पन्न जिल्ला समन्वय समिति निर्वाचनमा प्रमुख, उपप्रमुखसहित नौ जना सदस्यमा नेपाली कांग्रेसका प्यानल उम्मेदवार विजयी भएका हुन् ।

जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिव नारायण साहले २३ मत र उपप्रमुखको उम्मेदवार लोकतान्त्रिक समाजवादीका शम्भु कुमार यादवले २० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचत अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।

निर्वाचित हुने सदस्यहरुमा राजेश्वर यादव, बुद्वि लाल यादव, सत्य नारायण मण्डल, महिला सदस्यहरु सविताकुमारी साह, प्राणवति देवी सरदार र रंजिता कुमारीचौधरी र दलित वा अल्पसङ्ख्यकबाट वौहरी भगत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *