१३ बैशाख २०८१, बिहीबार

रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

१२ असार, रौतहट । रौतहटको फतुवा विजयपुर र गुजरा नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आय बाडँने सम्झौतामा अनियमतता गरेको भन्दै अख्तियारले डेड दर्जनजना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

आयोगले फतुवा विजयपुरका तत्कालिन एवं वर्तमान मेयर गोपाल राय यादव, तत्कालिम उपमेयर कान्ती देवी सहित विभिन्न वडाध्यक्ष विरुद्ध १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो माग दावी गर्दै आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले९ जानकारी दिएका हुन् ।

नदी ठेक्काबाट आउने रकममा फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय भएको थियो । तर फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५र०७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको भन्‍ने उजुरी निवेदन परेपछि अनुसन्धान गर्दा तत्कालिन मेयर र उपमेयर सहित विभिन्न वडाध्यक्षहरुको संलग्नता देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा ९१० बमोजिम बिशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *