
१२ असार, काठमाण्डौँ । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिनुभएको छ।
मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा पत्र बुझाएको हो । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरे अनुसार राजीनामा दिनुभएको बताइएको छ।
‘राजीनामा पत्र अध्यक्ष नेपाललाई बुझाइसकिएको र उहाँले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउने मन्त्री आले निकट स्रोतले जानकारी दिएको छ ।