१३ बैशाख २०८१, बिहीबार

नाबालिकालाई अपरहण गरी जबर्जस्ती बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ

८ असार, बारा । बारा जिल्लाकै कलैया उपमहानगरपालिका वडा नम्बर ५ बरेवा टोल बस्ने गफार मियाँका छोरा १९ वर्षीय इर्साद मियाँ अन्सारी नाबालिकालाई केटीलाई अपरहण गरी जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

अन्सारीले गत फागुन ५ गते एक १६ वर्षीय नाबालिकलाई केटीलाई आफ्नो २ जना साथीहरु मार्फत विभिन्न डर त्रास देखाई कलैया(१ बाट अपहरण गरेर बन्धन बनाई भारतको लुधियाना भन्ने स्थानमा लगेर जबर्जस्ती बलात्कार गरेका थिए । नाबालिकाका अभिभावकले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले अन्सारीलाई असार ३ गते कलैया(५ बाट लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक डिएसपी राजेश थापाले जानकारी दिए ।

पक्राउ परेकाका अन्सारीलाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशअनुसार पूर्पक्षका वीरगञ्ज कारागार पठाइएको डिएसपी थापाले बताएका छन । ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *